२६ लाख ५७ हजार रकमसहित बर्दिया गेरुवाका युवा पक्राउ

काठमाडौं । बर्दिया गेरूवा गाउँपालिका २ का २८ वर्षीय पुष्प सोडारीसहित दुई जना काठमाडौं महानगरपालिका २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित पक्राउ परेका छन् । २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने अर्का काठमाडौं महानगरपालिका(१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।

Advertisement

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु