ट्रकको ठक्करबाट कोहलपुरमा युवकको मृत्यु

 

बाँके । काँकेको कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिंदा जाजरकोटको छेडागाड नगरपाालिका(११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको छ ।

Advertisement

 

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो ।

उनको घट्नास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु