नेपालगन्ज। राष्ट्रपतिबाट कैद मिनाहा भएपछि गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको आज बिहीबारको पेशीमा स्थगितमा परेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो
०७२ भदौमा २ वर्षीय बालक र ७ जना प्रहरीको मृत्यु हुनेगरी भएको टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।
Advertisement
०७५ फागुनमा सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।
गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदमिनाहा गरेपछि चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
रिहा भएपछि टीकापुर घटनामा मृत्यु भएका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेको परिवारले रेशम चौधरीको कैद मिनाहाविरूद्ध सर्वोच्चमा रिट दिएका थिए।
जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको थियो। अग्राधिकार दिएपनि ५ महिनापछि मात्रै सुनुवाइ हुन लागेको हो।









