बर्दिया — धान थ्रेसर गर्नका लागि ट्याक्टर लैजान बाटो छ कि छैन भने हेर्न गएका बाँसगढी नगरपालिका २ बरमुरवाको खेतमा थाएिको करेन्टको धरापमा परी २८ वर्षीय रामभागीरथ थारुको मृत्यु भएको छ ।
धानको सिजनका बेला बन्यजन्तुबाट जोगाउन करेन्ट लगाइएको शंंका गरिएको छ । सोही धरापमा एउटा निलगाई मरेको छ ।
बन्यजन्तुबाट खेतिपाती जोगाउन करेन्ट थापेको शंकामा प्रहरीले सोही ठाउँका शंकर चौधरीलाई नियन्त्रणमा लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्छ ।









