कात्तिक, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोज यादवले बिहीबार काठमाडौंमा प्रधानमन्त्री प्रचण्ड भेट्दै एक महिने अल्टिमेटम दिनु, कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा बोल्दै प्रादेशिक अधिकार नपाए सिंहदरबारमा धर्ना बस्छु भन्नु र लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले केन्द्र सरकारबारे कडा टिप्पणी गर्नु एकै दिनको संयाेग मात्रै थिएन ।
Advertisement
पोहोर साउन पहिलो साता तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न त्यस बेलाका मधेश मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आउँदा र आज यादवले प्रधानमन्त्री प्रचण्ड भेट्दाको मागमा तात्विक भिन्नता पनि छैन ।
एउटा भिन्नता चाहिँ पक्कै छ, त्यसबेला राउतले आफ्नो प्रतिनिधिमण्डलमा एमाले नेताहरुलाई सामेल गर्न सकेका थिए । अहिले यादवले ६ बुँदे ध्यानाकर्षणपत्र बुझाउन जाने नेताको सूचीमा एमाले नेताको नाम पनि राखेका छन्, जबकि एमाले नेताहरु प्रधानमन्त्री भेट्न गएकै थिएनन् ।








