जेन दिपिका बनिन् मिस युनिभर्स नेपाल

भाद्र २४, काठमाडौँ — जेन दिपिका यस वर्षको मिस युनिभर्स नेपाल बनेकी छन् । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै मिस युनिभर्स नेपालको चौथो शृंखलाको उपाधि दिपिकाले जितेकी हुन् ।

ईकान्तिपुरका अनुसार प्रतियोगितामा गरिमा घिमिरे पहिलो उपविजेता बनिन् भने सितास्मा पोख्रेल तेस्रो । विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स सोफिया भुजेलले ताज पहिरिदिएका हुन् । रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगीता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी एल थापा, सौरभ ज्योति प्रतियोगिताका निर्णायक थिए ।

सहभागी प्रतिस्पर्धीलाई १२ विधामा पुरस्कार वितरण गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने पाउने बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु