नेपालगन्ज — कोहलपुरमा ट्रकको ठक्करबाट कोहलपुर नगरपालिका १० चटारका ३५ वर्षीय तिर्थराम थारुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अर्का एक जना घाइते भएका छन् । ठक्करपछि थारुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ८८९८ नम्बरको ट्रकले गएराति साइकलमा सवार थारुलाई ठक्कर दिएको थियो ।
Advertisement
उक्त दुर्घटनामा ट्रकका सहचालक गम्भीर घाइते भएका छन् । उनको कौशल्या मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालक भने फरार छन् ।









