कैलालीमा जिप दुर्घटनामा चार जना घाइते

 

 

Advertisement

२५ कात्तिक, धनगढी । कैलाली जिल्ला मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे१ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा डोटीको बडिकेदार गाउँपालिका-३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका-४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको अवस्था मध्यम रहेको छ ।

जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक मोहन्याल गाउँपालिका-४ बस्ने २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु