नेपालगन्ज । बाँके र बर्दियाका ऐतिहासिक गाउँ र पर्यटीय स्थाललाई जोड्न लुम्बिनी प्रदेश सरकारले राँझा टु राजापुर पर्यटकीय राजमार्ग निमार्णको काम सुरु गरेको छ । पहिलो चरणमा राजापुरको सन्कत्तिघाटबाट डिटेल प्रोजेकट रिर्पोट (डिपिआर) कोे काम सुरु भएको हो । उक्त डिपिआरको काम पहिलो चरण बारबर्दिया नगरपालिकासम्म सर्भे भैसकेको छ ।
उक्त पर्यटकीय राजमार्गले बाँकेको एतिहासिक थारु गाउँ गुरुवा गाउँ, टिटिहिरिया र यस क्षेत्रकै ठूलो बर्दियाको बढैयाताल, बारबर्दिया, गेरुवा, र राजापुरलाई जोड्ने छ । उक्त राजमार्ग क्षेत्रमा बाँकेको धार्मिक पर्यटकीय स्थल गुरुवा गाउँ, यस क्षेत्रकै ठुलो ताल बढैयाताल, बर्दियाको एतिहाँस बोकेको बाह्रोबरदिया थनवा, सतखोलवा ताल, कुष्णसार सरक्षण क्षेत्र, ठाकुरद्धराको हत्तिसार, दल्ला होमस्टे, राजापुरको शैजना टापु लगायतका प्रयाटकीय क्षेत्र पुग्न सहज हुने छ ।
Advertisement
“लुम्बिनी प्रदेश सरकारले सुरु गरेको यो राजमार्गले ईतिहास बोकेका गाउँहरुले न्याय पाउनेमा हामीले बिश्वास लिएका छौं,” लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरी भन्छन् ।
राँझा टु राजापुर पर्यटकीय राजमार्गको दुरी ६५ देखि ७० किलोमिटर रहने छ । मन्त्रि चौधरीले उक्त राजमार्ग महेन्द्र राजमार्गको बैकल्पिक मार्गको रुपमा रहने बताए ।
मन्त्रि चौधरीले भने, बाँके र बर्दियाको महत्वपुर्ण पर्यटकीय स्थाललाई जोड्ने भएकाले लुम्बिनी प्रदेशको महत्वपुर्ण राजमार्गको रुपमा हामीले लिएका छौं । राजमार्गको निर्माण सम्पन्न भैसकेपछि राँझा बिमान स्थलबाट पर्यटकहरु सिधै बाँके र बर्दियाको कुनै पनि पर्यटकीय स्थलसम्म सजिलै पुग्न सक्ने छन् ।
यसले ग्रमिण ठाउँको पर्यापर्यटनमा ठुलो टेवा पुग्ने बिश्वास लिइएको छ ।
डिपिआरका लागि बजेट बिनियोजन भैसकेको छ । डिपिआरको काम सम्पन्न भैसकेपछि ठेक्का प्रक्रियाको काम अगाडी बढ्ने छ ।









