५ जना फरार प्रतिवादी पक्राउ

 

 

Advertisement

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फैसला कार्यान्वयनका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत वैशाख ३० र ३१ गते ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा लागुऔषध गाँजा मुद्दाका गढिमाई–९ का निरज यादव, ज्यान मार्ने उद्योग मुद्दाका मौलापुर–२ का राजेश महतो, चेक अनादर मुद्दाका वृन्दावन–७ का धनराज पण्डित र चन्द्रपुर–८ की नगिना साह सोनार रहेका छन्। यस्तै, चोरी सम्बन्धी कसुरमा सजाय सुनाइएका माधव नारायण न‍‍।पा।६ का बिशेश्वर महतोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामध्ये निरज यादवलाई २ महिना कैद र २ हजार जरिवाना तथा बिशेश्वर महतोलाई ८ महिना कैद र ५ हजार जरिवानाको फैसला भएको थियो। अन्य प्रतिवादीहरूबाट जरिवाना रकम असुल गरिने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु