नेपालगन्ज — बाँकेको नेपालगन्ज–नरैनापुर हुलाकी सडकखण्डअन्तर्गत पर्ने नरैनापुर गाउँपालिका वार्ड नम्बर–३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी ५० वर्षीय पहिचान नखुलेको एक पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय अनुसार बिहीबार दिउँसो फेला परेको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Advertisement









