एमसीसी कार्यान्वयनको घोषणाअघि प्रधानमन्त्रीले ल्याएको तरंग

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनाहरु बुधबार कार्यान्वयन सुरु भएको घोषणा हुँदैछ । अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने घोषणा कार्यक्रममा सहभागी हुन मंगलबार नै एमसीसीका उपाध्यक्ष क्यामरुन एस एलफोर्ड मंगलबार नै काठमाडौं आइसकेका छन् ।

अर्थमन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालले बनाउने प्रसारणलाइन र सडक निर्माण परियोजनाको ५ वर्षे दिनगन्ती भोलिदेखि सुरु हुनेछ । र, ५ वर्षभित्र काम नसकिए सम्झौताअनुसारको बाँकी अनुदान रोकिने छ ।

Advertisement

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार २९ भदौ २०७४ मा हस्ताक्षर भएको एमसीसी नेपाल कम्प्याक्टअनुसार कार्यान्वयन थाल्नुअघि आयोजना क्षेत्रमा पहुँच (इन्ट्री इन्टु फोर्स–ईआईएफ) दिने शर्त भोलि बुधबार पूरा हुनेछ ।

आयोजनाको कार्यान्वयन सुरु हुनुअघि प्रसारणलाइनलाई राष्ट्रिय गौरवको आयोजना घोषणा, ‘आयोजना कार्यान्वयन सम्झौता’ नामक सहायक सम्झौतामा हस्ताक्षर, विद्युत नियमन आयोग गठन, प्रसारणलाइन जोड्नका लागि भारतसँग सहमति र ‘संसदबाट अनुमोदन’ जस्ता शर्तहरु पूरा भइसकेको छ ।

ठेकेदार तथा परामर्शदाता छनोट, जग्गा प्राप्ति, रुख कटान जस्ता पूर्व तयारीका काम भने बाँकी छ । त्यसैले भोलि परियोजना कार्यान्वयन घोषणा भएपनि काम सुरु भइहाल्ने छैन । एमसीए नेपालका एक अधिकारी भन्छन्, ‘ठेकेदार छनोट भएर फिल्डमा आउँदासम्म जग्गा प्राप्ति, रुख कटान लगायतका काम सक्छौं ।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु