ललिता निवास प्रकरणः एक जनालाई साधारण तारेखमा र अरु सबैलाई धरौटीमा छाड्न आदेश


२४ भदौ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनालाई साधारण तारेक र अरु सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरलाई तारेखमा छाड्न आदेश दिएको भने सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।


बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु