काठमाडौंको । चन्द्रागिरि नगरपालिका–३, थानकोटस्थित खरिबोटमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ ।
महोत्तरीका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् ।
Advertisement
घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित स्थानीय अस्पतालमा लगिएकोमा उपचारको क्रममा गएराति निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ भने घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।









