काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा आलोचना खेपिरहेको सरकारले विस्तापित भएका प्रति परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
Advertisement
‘काठमाडौं उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्चबापत रु २५ हजार एकमुष्ट रुपमा प्रदान गरिने छ ।








