१ मंसिर, काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ नम्बरको यात्रुबाहक बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको छ । बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
Advertisement
घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गम्भीर र मध्यम घाइते भएकाहरुको नामावली
१। दाङको शान्तिनगर– ५ बस्ने २९ वर्षीय विरेन्द्र चौधरी, टाउकोमा चोट, अवस्था सिरियस ।
२। सल्यानको कपुरकोट–५ बस्ने ४० वर्षीया रिखि साहु, टाउकोमा चोट, अवस्था सिरियस ।
३। रोल्पाको होलेरी बस्ने ५६ वर्षीय प्रेम चलाउने, छाती र दायाँ घुँडामा चोट, अवस्था मध्यम ।
४। रोल्पाको गंगादेव–२ बस्ने २४ वर्षीय भिम ओली, टाउकोमा चोट, अवस्था मध्यम ।
५। सल्यानको कपुरकोट–१ बस्ने ११ वर्षीय प्रेम रावत, टाउकोमा चोट, अवस्था मध्यम ।
६। दाङको तुलसीपुर उपमहानगरपालिका १४ बस्ने २५ वर्षीया पूर्णिमा डाँगी, निधारमा चोट, अवस्था मध्यम ।
७। नुवाकोटको बिदुर नगरपालिका–१० बस्ने २१ वर्षीया संगिता मोक्तान, निधारमा चोट, अवस्था मध्यम ।
सामान्य घाइते भएकाहरुको नामावली
१। सल्यानको कपुरकोट–५ बस्ने ७ वर्षीया दिपिका साहु ।
२। सल्यानको कपुरकोट–१ बस्ने ३५ वर्षीय प्रकाश राउत ।
३। सल्यानको बनगाड कुपिण्डे–९ बस्ने २४ वर्षीय तिलक बुढाथोकी ।
४। रोल्पाको होलेरी बस्ने ७ वर्षीय रण बहादुर चलाउने ।
५। नुवाकोटको बिदुर नगरपालिका–१० बस्ने २६ वर्षीय नवराज मोक्तान ।
६। नुवाकोटको बिदुर नगरपालिका– १० बस्ने एक वर्षीय विश्वास मोक्तान ।
७। दाङको तुलसीपुर उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय शरद ओली ।
८। दाङको शान्तिनगर–३ बस्ने २७ वर्षीया समिक्षा गाहा ।
९। दाङको घोराही–९ बस्ने १७ वर्षीय राहुल शाह ।
१०। दाङको घोराही उपमहानगरपालिका–९ बस्ने २० वर्षीया मनिका योगी ।
११। दाङको बबई गाउँपालिका–५ बस्ने २७ वर्षीया देबीका बि।एम ९बुढामगर० ।
१२। सप्तरीको राजविराज–१२ बस्ने ६० वर्षीय शिव नारायण रजत ।
१३। सप्तरीको राजविराज–१२ बस्ने ६० वर्षीया ललिता देवी रजत ।









