गर्मीको कहरः गुलरियाका बिद्यालयमा बिहानको पढाई

 

 

Advertisement

बर्दिया — पश्चिम तराईमा अध्याधिक गर्मी बढेपछि गुलरिया नगरपालिकाले आफनो मातहातका विद्यालयहरुको पठन पाठन बिहान सञ्चालन गर्ने निर्णय गरेको छ । यहाँको औषत ३९ देखि ४१ डिग्री पुगेको छ । बालवालिकालाई गर्मीबाट जोगाउन बिहान ६ बजेदेखि ११ बजेसम्म विद्यालय खुल्ने छन् ।

पछिल्लो साता चर्को घामले यहाँको जनजीवन प्रभावित बनेको छ । गर्मीमा शरीरबाट अत्याधिक पसिना बग्ने भएकोले प्रशस्त पानी र झोलपदार्थ बढी खान चिकित्सकले सुझाइरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु