गर्मीको कहरः अस्पतालमा विरामीको चाँप बढ्यो

बाँके- नेपालगन्जस्थित भेरी अस्पतालमा पनि गर्मीजन्य समस्या लिएर उपचार खोज्नेको संख्या उल्लेख्य बढेको छ।

अस्पतालका प्रमुख डा. नवीन दर्नालका अनुसार औसतमा दैनिक ५० देखि ६० जना बिरामी गर्मीसँग सम्बन्धित समस्या लिएर अस्पताल आउन थालेका छन्।

Advertisement

‘विशेषगरी श्रमिक वर्ग बढी प्रभावित देखिएको छ,’ उनले भने, ‘ज्याला मजदुरी गर्ने, खेतबारीमा काम गर्ने मानिसहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर कमजोर हुने समस्या लिएर अस्पताल आउँछन्।’

गर्मीको प्रकोप बढ्दै जाँदा चिकित्सकहरूले अत्यावश्यक कामबाहेक दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का खाना खान र बालबालिका तथा वृद्धवृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्।

पश्चिम तराईका बासिन्दा यतिबेला असह्य गर्मीबीच वर्षाको प्रतीक्षामा छन्।

मौसम पूर्वानुमान महाशाखाले भने मंगलबार पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु