सर्वोच्चद्धारा देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्न अनुमति लिएपछि त्यसबिरुद्ध परेको रीटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो।

Advertisement

 

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्नेनगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो। सर्वोच्चमा उनले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको उल्लेख गरेका छन् ।

देउवा दम्पती पछिल्लो समय हङकङ गएका थिए। उनी त्यहाँबाट काठमाडौँ फर्किएका छैनन् । उनी विरूद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको थियो। तर इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छैन।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु