२३ र २४ भदौको घटनामा मानव अधिकार आयोगको रिर्पोटः रास्वपाका सांसद्हरुलाई अनुसन्धान गर्न सिफारिस (सूची)

 

 

Advertisement

काठमाडौँ /ईकान्तिपुर — २३ र २४ भदौको घटनामा मानव अधिकार उल्लंघन भएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नयाँ कानुन बनाएर कारबाही अघि बढाउन सिफारिस गरेको छ ।

वहालवाला आईजीपीद्वय दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायणप्रसाद पौडेललाई समेत विभागीय कारबाहीको सिफारिस गरिएको छ । त्यसबाहेक रास्वपाका कतिपय सांसद्हरुमाथि नै अनुसन्धान गर्न समेत सिफारिस गरेको छ । सिफारिस हुने सांसद्हरुमा पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, राजीव खत्री, केपी खनाल, दिपक बोहरा, कृष्ण कार्कीलगायत छन् ।

रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद् एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने भनिएको छ । त्यसपछि दोषी पत्ता लगाएर कारबाही गर्न भनिएको छ ।

मानवअधिकार उल्लंघनकर्ताः

१. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली

२. तत्कालीन गृहमन्त्री रमेश लेखक

३. तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

(नयाँ कानुन बनाएर कारबाही गर्न सिफारिस)

विभागीय कारबाही सिफारिस

१. दानबहादुर कार्की, तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) (हाल प्रहरी महानिरीक्षक)

२. ओमविक्रम राणा, प्रहरी नायब महानिरीक्षक (डीआईजी)

३. विश्व अधिकारी, तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी

४. नारायणप्रसाद पौडेल, तत्कालीन एआईजी, सशस्त्र प्रहरी (हाल सशस्त्र प्रहरी महानिरीक्षक)

५. जीवन केसी, सशस्त्र प्रहरी, एसपी

६. कृष्ण खनाल, तत्कालीन निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग

 

 

NHRC_Nepal_Press_Note-2083-2-13

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु