मठमन्दिरमा आगो लगाउँछु भन्दै धम्की दिने जनक परियार पक्राउ

 

काठमाडौँ । मठ, मन्दिरमा आगो लगाउने घोषणा गरेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अनुसन्धानको लागी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनले समान अधिकार नभएर देशभर विद्रोह गर्ने चेतावनी दिएका थिए ।

Advertisement

हिजोदेखि नै दलितलाई नारकीय जीवन जिउन बाध्य बनाइएको र गाउँमा दलितको अवस्था दयनीय रहेको उनको भनाई युट्युब च्यानलहरूबाट प्रसारित भएको छ । परियार टोखा नगरपालिका वडा नम्बर–८ स्थित बानियाँटारमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु