जेष्ठ १६ गते (शनिबार) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहनुहुन तथा आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।








