काठमाडौँ । काठमाडौँको जडिबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की रहेको प्रहरीले जनाएको छ। उनको बायाँ खुट्टामा गोली लागेको छ । जडीबुटीमा प्रहरीसँग भुठभेट हुँदा जवाफी कारबाही गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । ‘जवाफी कारबाहीका क्रममा एकजना प्रहरी कर्मचारी पनि घाइते भएका छन् ।








