डाँकाको समूहसंग प्रतिकार गर्दा श्रीमानश्रीमति घाइते

 

काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा डाँका गर्ने अपरिचित व्यक्तिको समूहसँग प्रतिवादमा उत्रिएका श्रीमान्–श्रीमती घाइते भएका छन्।

Advertisement

प्रहरीका अनुसार घाईते हुनेमा २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादव रहेका छन् । मंगलबार राति घरभित्र प्रवेश गरी डाँका गर्ने प्रयास गरिरहेका ५–६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद हुँदा उनीहरु माथि गोली प्रहार भएको थियो । गोली लागेर दुवै जना घाइते भएका हुन् ।

घाइतेहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु