बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती गेरुवा गाउँपालिका–१ स्थित वनमा करिब एक वर्षको पोथी बाघ मृत भेटिएको छ । निकुञ्जका अनुसार आपसमा दुई बाघ जुधेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ । अर्को बाघ घाइते छ । मृतक बाघको पोस्टमार्टम गरिएको निकुञ्जले जनाएको छ ।
२६ चैत २०८१ मा पनि निकुञ्जको लगुना फाँटा र गैंडा मचानबीचको घना झाडीमा १०र१२ वर्षका दुई भाले बाघको आपसमा जुधेर मृत्यु भएको थियो ।
Advertisement
बर्दिया निकुञ्जमा पछिल्लो गणनामा १ सय २५ वटा बाघ रहेका छन् ।








