नेपालगन्ज । औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका बाकेका दजैनौसहित देशभरीका ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वतः रद्द भएको स्पष्ट पारेको छ।
विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वतस् रद्द हुने प्रावधानअनुसार उक्त निर्णय कार्यान्वयन गरिएको हो । यससँगै अब ती औषधि पसलहरू कानुनी रूपमा औषधि बिक्री–वितरण गर्न अयोग्य भएका छन् ।
Advertisement
बाँकेका दर्जनौ औषधि पसल खोरज भएका छन् । मुक्ति नाथ फार्मेसी बीपी चोक, कब्या भेट सेन्टर रजनवा, सोयता मेडिकल हल चिसापानी, आरएम हस्पीतल प्रा.लि.बिटीएस रोड,मेडिकस फर्मा उढरापुर,राजकमल मेडिकल बुद्धटोल, गोबिन्द आर्युबेद मेडिकल बनकटवा, भान्जा मेडिकल हवल्दारपुर, अक्सफोर्ड फार्मेसी रामलिला मैदान, मुक्तिनाथ फार्मेसी बीपीचोक, अहान मेडिकल हल सल्यानी बाग, सोनी मेडिकधक्ल चौधरीया गाउँ, असीफ मेडिकल हल बागेश्वरी हल रोड, परबीसा आयुर्बेद फार्म, जय कालिका फार्मेसी, सिद्ध बिनायक मेडिकल हल, नैना शाही आयुर्बेद खजुरा, मनोज मेडिकल, कालिका हार्ट प्रालि लगायत रहेका छन ।
पूरा सूची हेर्नुस
https://drive.google.com/file/u/0/d/1g1xgUvqmHE1_AkXQ7IWJNayTiR68Zxfm/view








