चम्पादेवी गाउँपालिकाका अधिकृतसहित २ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौं
मिति: २०८३।०३।१७ गते ।
प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

Advertisement

 

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकामा पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा चम्पादेवी गाउँपालिका, ‍ओखलढुङ्गाको आ.व. 2077/078 मा वृहत खानेपानी योजना वडा नं. १, २ पलापु क्रमागत योजनामा रू.२,२०,००,०००/- रकम विनियोजन भएकोमा मुल्य अभिवृद्धि कर सहित रू.१,५६,२९,४७८/१७ लागत अनुमान तयार भई मिति 2077।05।26 मा ठेक्कान नं. CDRM/OKL/Works/NCB/01/2077/078, Brihat Khanepani Yojana ward No. 1, 2 Palapu (Construction of Likhu Palapu Lift Water Supply work) खरिद कार्यका लागि बोलपत्र आह्वान भएकोमा शिरिस कन्स्ट्रक्सन, मध्यपुर थिमी न.पा. वडा नं. 6 भिमसेन मार्ग भक्तपुरले पेस गरेको बोलपत्र स्वीकृत भई मिति 2077/10/18 मा सम्झौता भएको देखिएको, पलापु लिफ्टिङ खानेपानी मिति 2077/10/19 मा शुरू भई 2078/11/17 मा सम्पन्न हुने गरी रू.१८,५०,०००/–को कार्यसम्पादन जमानत जारी भएको देखिएको र मिति २०७८/१०/२९ गते चम्पादेवी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकबाट शिरिस कन्सट्रक्सनले सात दिन भित्र कार्यालयलाई विश्वसनीय हुने गरी काम नगरेमा उक्त कम्पनीलाई स्वतः कालोसूचीमा राखी ठेक्का सम्झौता रद्द गरी वैकल्पिक प्रक्रियाद्धारा खानेपानी योजनाको कार्य अगाडि बढाउने भनी सर्वसहमतिले निर्णय गरेकोमा जमानत जफत हुने कानूनी व्यवस्था तथा सम्झौताको शर्त विपरीत हुने गरी गाउँ कार्यपालिका बैठकको ठेक्का रद्द गर्ने निर्णयलाई लुकाई छिपाई बदनियत राखी सम्झौताको क्रममा पेस गरेको नेपाल बैङ्क लिमिटेडबाट जारी भएको रू.१८,५०,०००/–( अठार लाख पचास हजार रुपैयाँ) को कार्यसम्पादन जमानतको म्याद मिति 2078/11/17 गते समाप्त हुने भन्ने जानजानी कार्यसम्पादन जमानतको म्याद गुजारी ठेक्का अन्त्य भएको भनी मिति 2079/04/15 गते मात्र शिरिस कन्सट्रक्सनलाई पत्राचार गरेको तथा नेपाल बैंक लिमिटेडलाई मिति 2079/05/27 गते मात्र बैंक जमानत बापतको रकम जम्मा गरिदिन पत्राचार गरेको पुष्टि भएको देखिएबाट प्रतिवादीहरू तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी, शिरिस कन्सट्रक्सनका संचालक प्रकाश नाछिरिङ राईको आपसी मिलेमतो तथा योजनामा आफूसमेतलाई लाभ र सार्वजनिक संस्थालाई हानि गर्ने गरी सम्झौता रद्द गरी कालोसूचीमा राख्न भएको निर्णय तत्काल कार्यान्वयन नगरी नगराई बैङ्क जमानतको म्याद सकिसके पश्चात मात्र जफतको लागि पत्राचार गरे गराएको कारण कानुनबमोजिम रकम दाखिला/जफत/असूल नभई सार्वजनिक सम्पत्ति हिनामिना, हानीनोक्सानी एवं नासे मासेको तथ्य पुष्टि भएकोले निज प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
देहाय
सि.नं नामथर, पद र कार्यालय बिगो रू. कसुर तथा सजायको मागदाबी
1. चम्पादेवी गाउँपालिका, ओखलढुङ्गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी रु.१८,५०,०००/– भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17 बमोजिमको कसुरमा बिगो अठार लाख पचास हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा 17 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 वमोजिम बिगो असूल उपर हुन मागदाबी लिइएको छ।
2. शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी 6 भक्तपुर र उक्त कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राई रु.१८,५०,०००/- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरजन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा मुख्य कसुरदारहरुलाई बिगो अठार लाख पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असूल हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाँक्याशबमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइएको छ।

प्रवक्ता
सुरेश न्यौपाने

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु