बाँकेमा रासायनिक मल वितरणः हात्तीको मुखमा जिरा

 

बाँके । कृषि मन्त्रालयले मल अभाव हुननदिने दाबी गरिरहँदा कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जकाले बाँकेका बाँकेका ८ वटै स्थानीय तहमा
कोटा प्रणाली अनुरुप नाम मात्रको रासायनिक मल वितरण सुरु गरिएको छ। तराईमा हाल रोपाईको चाटारो छ । मल अभावले किसान हैरान छन् ।
लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकामा ९६९ बोरा युरिया, ५६५ बोरा डिएपी र १५७ बोरा पोटास, नेपालगन्ज उपमहानगरपालिकामा ८६९ बोरा डिएपी, १७४ बोरा पोटास र एक हजार ३१४ बोरा युरिया, बैजनाथ गाउँपालिकामा एक हजार १५१ बोरा, एक हजार ३८० बोरा युरिया र २३० बोरा पोटास, खजुरा गाउँपालिकामा १ हजार १४४ बोरा डिएपी, एक हजार ३७० बोरा युरिया र २३० बोरा पोटास मल वितरण गरिएको बताए।

Advertisement

जानकी गाउँपालिकामा ८५९ बोरा डिएपी, एक हजार २७ बोरा युरिया र १७२ बोरा पोटास, डुडुवा गाउँपालिकामा एक हजार १४३ बोरा डिएपी, एक हजार ३६५ बोरा युरिया र २२९ बोरा पोटास, राप्तीसोनारी गाउँपालिकामा एक हजार २२८ बोरा डिएपी, एक हजार ६३३ बोरा युरिया, २७५ बोरा पोटास र नरैनापुर गाउँपालिकामा ८०९ बोरा डिएपी, ९६९ युरिया र १६२ बोरा पोटास मल वितरण गरिएको छ।

जिल्ला सहकारी सङ्घ बाँकेका प्रमुख नवराज उपाध्यायले नेपालगन्जका १२ वटा वडामा वितरणका लागि कुल ८१ बोरा रासायिनक मल आएको उल्लेख गर्दै सो मल पाउनका लागि किसानको भीड लागेको बताए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु