बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका(१ कमलपुर बस्ने २२ वर्षीय भूपेन्द्र भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
भूपेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








