फिफा विश्वकप २०२६- पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ । पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनााएको हो ।

 

Advertisement

एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे ।

जारी विश्वकपमा यो उनको सातौं गोल हो । उनी अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छन् । एम्बाप्पे मेसीको विश्वकपको सर्वकालीन २० गोलको कीर्तिमानभन्दा मात्र एक गोलले पछि परेका छन्।

 

१८ पटक विश्वकप खेलिरहेको फ्रान्स दशौंपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग खेल्नेछ । यी दुई टोली सन् २०२२ को विश्वकपमा सेमिफाइनलमा प्रतिष्पर्धा गरेका थिए । उक्त खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु