बर्दिया — पौडी खेल्ने क्रममा डुबेर किशोर बेपत्ता भएका मधुवन नगरपालिका–७ शुक्रबस्तीका १४ वर्षीय किशोर शिदान्त विकको शव फेला परेको छ । शनिबार दिउँसो उनी डुबेर बेपत्ता भएका थिए ।
Advertisement
बाँके शम्शेरगन्जस्थित सशस्त्र प्रहरीका गोताखोरका टोलीले खोजी गर्दा शव फेला परेको हो । सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले सोही पालिका–७ का १४ वर्षीय पौडी खेल्ने क्रममा बेपत्ता भएपछि खोजी गर्दा शव फेला पारेको बताए ।
पौडी खेल्न उनीसँग चार जना गएकामध्ये तीन जना सकुसल छन्। गोताखोरका नौ जना सदस्य खोजी कार्यमा लागेको सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले जनाएको छ ।








