महानगर प्रहरीसँग विवाद भएपछि पेट्रोल छर्केर आत्मदाह प्रयास,अवस्था निकै चिन्ताजनक

काठमाडौँ । महानगरपालिबाट खटिएका प्रहरीसँग भएको विवादपछि काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका नेपाली भक्तपुर बस्दै आएका थिए । उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ र अवस्था निकै चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्।

 

Advertisement

उनी पठाओ राइडर हुन् । बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकलमा उनी ‘राइड’ गरेर जीविकोपार्जन गर्दै आएका थिए ।
दिउँसो १ बजेर ४५ मिनेटमा गणेशले पार्किङ गरेर राखेको बा.प्र ०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकलको चक्कामा काठमाडौँ महानगरपालिकाबाट खटिएका प्रहरीले ह्वील लक लगाए ।

गणेशले ह्वील लक खोलिदिन आग्रह गरे । तर, महानगर प्रहरीले जरिवाना रकम बुझाएपछि मात्रै ह्वील लक निकालिदिने जिकिर गरे । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतका अनुसार त्यसपछि गणेशले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याएर आगो लगाए ।

उनको अहिले आईसीयुमा राखेर उपचार भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु