बर्दियाका सांसद थारुको प्रश्नः बर्दिया अस्पतालमा आईसीयु खोई, बबई सिंचाई र भेरी बबई डाइभर्सन कहिले पूरा हुन्छ ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले बर्दियाको सिंचाई, स्वास्थ्य अवस्था बारे सरकारलाई सदन मार्फत जानकारी गराएका छन् । उनले बिहिबार बिशेष समयमा बर्दिया अस्पतालमा तत्काल आईसीयुक सन्चालन गर्न माग गरे । त्यस्तै, बबई सिँचाइ आयोजना र भेरी–बबई डाइभर्सन सम्पन्न गर्न तिब्रताका साथ काम अगाडि बढाउन ध्यानाकर्षण गराएका छन् ।
बर्दिया अस्पतालमा आईसीयु नहुँदा सर्प डंसका बिरामी उपचारका लागि नेपालगन्ज जानु पर्ने बाधयता उनले सुनाए ।
बर्दियामा ९ जना सर्पको डंसबाट पीडित बनेको र एक जनाको मृत्यु भईसकेको छ ।

३ वर्ष पूरा भइसक्दा समेत बबई सिँचाइ आयोजनाको काम सम्पन्न नभएको भन्दै उनले काम सम्पन्न नहुँदा यसले हजारौं हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुन नसकेको जनाए राष्ट्रिय गौरवको आयोजना भए पनि बजेट अभावमा आयोजना अवरुद्ध रहेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराएका हुन ।

Advertisement

जुन जिल्लामा सिचाईका लागि राष्ट्यि गौरबका दुई आयोजना बबई सिंचाई र भेरी बबई डाईभर्सन आयोजना सन्चालनमा छन् त्यही जिल्लामा सिंचाई सुविधा नहुने हाम्रा लागि बिद्यम्बना हो, उनले भने ।

बर्दियाको करिब ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु भएको बबई सिँचाइ आयोजना निर्माण थालिएको झन्डै साढे तीन दशक ३४ वर्षभन्दा बढी बितिसकेको छ। हालसम्म करिब ८२ प्रतिशत मात्र भौतिक प्रगति भएको यस आयोजनाको लागत सुरुको अनुमानभन्दा कैयौं गुणा बढिसकेको छ।
सुरुमा करिब २ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत ९ गुणासम्म बढेर अहिले १८ अर्ब ९६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना कहिले पूर्ण रूपमा सम्पन्न हुन्छ भन्ने प्रश्न अझै अनिश्चित छ । पर्याप्त बजेटको अभाव, ढिलासुस्ती र कमजोर अनुगमनका कारण किसानले खेतमा नहर पुग्दा पनि पानी पाउन सकेका छैनन्।

त्यसैगरी, बर्दिया र बाँकेका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने जीवनरेखाको रूपमा भेरी–बबई डाइभर्सन लाई हेरिएको छ। सुरुङ निर्माणमा सुरुवाती सफलता मिले पनि पछिल्ला वर्षहरूमा प्रक्रियागत झन्झट, ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य प्रभावित भएको छ। यो आयोजनाको प्रतिक्षा करिव १५ वर्षदेखि किसान गर्दै आएका छन् ।
यो आयोजनाले सिंचाईसंगै ४८ मेगाबाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । बाह्रै महिना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३।१ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट २।१ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ । तर, ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण आयोजनाको कूल लागत रु १६४३ करोड बाट ३३ अर्ब १९ करोड खर्च हुनेछ ।्र

त्यस्तै , बर्दियामा डुबेर मृत्यु हुनेको संख्या बढेको भन्दै सचेतनाका कार्यक्रम सन्चालन गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु