Advertisement
काठमाडौं । गृहमन्त्रालयको मान्छे भन्दै प्रहरीलाई धम्की दिने सुर्खेतको चिङगाड गाउँपालिका–६ घर भएका ३२ वर्षीय कुलवीर नेपाली पक्राउ परेका छन् ।
कीर्तिपुर बस्दै आएका उनले प्रहरीलाई आफू गृह मन्त्रालयको मान्छे भन्दै काम गर्न नसके सरुवा गरिदिने भन्दै धम्की दिएको प्रहरीको आरोप छ ।
बिहीबार माइतीघरबाट पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।








