सर्लाही । राजधानी काठमाडौँमा बिहीबार भएको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरी घाईते भएका गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डललाई काठमाडौँ ल्याउने तयारी गरिएको छ।
उनले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका हुन्।
Advertisement
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र पौडेलका अनुसार घाइते मण्डलको मानसिक अवस्था केही समयदेखि सन्तुलित नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
गम्भीर अवस्थामा रहेका मण्डललाई तत्काल प्राथमिक उपचारपछि थप र प्रभावकारी उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ।
यसअघि बिहीबार मात्रै काठमाडौँमा गणेश नेपालीले आत्मदाह गरेका थिए, जसको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थि








