बढ्यो आत्मदाह प्रयासका घटनाः बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ४५ वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

Advertisement

प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए ।
शत जलेको अस्पतालले जानकारी गराएको एसपी भट्टराईले रातोपाटीलाई बताए । हाल उनको उपचार जारी रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु