काठमाडौं । चार देश सम्मिलित महिला टी-२० सिरिज अन्तर्गत आजको खेलमा नेपालका खेलाडि संगीता राईले पाँच विकेट लिई जापानलाई ६७ रनले पराजित गरेको छ।
Advertisement
नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापानले सबै विकेट गुमाएर ४६ रनमात्रै बनाउन सक्यो। त्यस्तै पुजा महतोले २, अस्मिना कर्माचार्यले २ र काजल श्रेष्ठले १ विकेट लिए।
जापानकी मेग ओगावाले १७ र सेइका सुमीले १३ रन बनाउनुबाहेक अन्य ब्याटर नेपाली बलरसामु टिक्न सकेनन्।
त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो।
बधाई हो: नेपालले जापानलाई ६७ रनले हरायो









