धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइते १३ जनाका ेउद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ ।
Advertisement
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
पहिलोपटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रोपटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन ।
अहिले घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टिम पुग्दैछ ।








