माजिद गिरफ्तारीबारे जेनजी फ्रन्टले भन्यो– सर्वोच्चमा रिट हालेकाले प्रतिशोध साँधियो
काठमाडौं । नेपाल जेनजी फ्रन्टले जेनजी अभियन्ता माजिद अन्सारीको गिरफ्तारीलाई ‘प्रतिशोध’ भनेर टिप्पणी गर्दै तत्काल रिहाईको माग गरेको छ । सुकुमवासीलाई व्यवस्थापन गर्ने बहानामा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा गए रातिको निरन्तर वर्षाका कारण डुबान भएपछि सोको वस्तुस्थिति बुझ्न पुगेका माजिदसहितका जेनजी अभियान्तालाई नेपाल प्रहरीले विद्यार्थी भएर राजनीति नगर भन्ने धम्की सहित गिरफ्तारी गरेको हो ।
Advertisement
‘सुकुमवासीमाथिको राज्यदमनविरुद्ध रिट लिएर सम्मानित सर्वोच्च अदालत पुगेका निवेदकमध्येका जेनजी अभियन्ता माजिद अन्सारीलाई राज्यले आज प्रतिशोध साँध्दै गैरकानुनी पक्राउ गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ जेनजी फ्रन्टको वक्तव्यमा भनिएको छ, ‘सुकुमवासीलाई व्यवस्थापन गर्ने बहानामा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा गए रातिको निरन्तर वर्षाका कारण डुबान भएपछि सोको वस्तुस्थिति बुझ्न पुगेका माजिदसहितका जेनजी अभियान्तालाई नेपाल प्रहरीले विद्यार्थी भएर राजनीति नगर भन्ने धम्की सहित कुटपिट गरी अनुहारलगायत शरिरका संवेदनशील स्थानमा चोट पुर्याइ पूर्वाग्रह र प्रतिशोधका भरमा पक्राउ गरेको स्पष्ट छ ।’
नेपाल सरकारले प्रहरीलाई झन् बढी निरंकुश र अधिनायक बनाउँदै आफू फासीवादतर्फउन्मुख भएको सन्देश दिएको जेनजी फ्रन्टले भनेको छ ।








