बर्षासंगै डुबेर मृत्यु हुने घटना बढ्दैः राप्तीमा पौडी खेल्दा बेपत्तामध्ये एक बालकको शव फेला, एक बालिका बेपत्ता

 

नेपालगन्ज — बर्षापछि खोला र नदीमा पानीको बहाव बढेसंगै बाँके र बर्दियामा डुबेर मृत्यु हुने घटना बढेका छन् । पछिल्लो समय बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका डुबेर बेपत्ता भए । ति मध्ये एक जनाको शव फेला परेको छ । पौडी खेल्ने क्रममा शनिबारबाट बेपत्ता भएका ९ वर्षीय सुलभ रावतको आइतबार शव भेटिएको सशस्त्र प्रहरीका डिएसपी मोहन बिष्टले बताए ।

Advertisement

खोजीका क्रममा ९ वर्षीय सुलभको शव डुबेको स्थानबाट करिब ५ सय मिटर तल तथा सिंधनियाघाटस्थित राप्ती नदी पुलबाट करिब १ किलोमिटर उत्तरतर्फ फेला परेको हो। नदीमा बेपत्ता ११ वर्षीया खुसी सिजापतिको खोजी भइरहेको उनले बताए । शनिबार राति १ बजेसम्म स्थानीयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता बालबालिकाको खोजी गरेका थिए ।

डुडुवा गाउँपालिका–५ का ११ वर्षीया छोरी र सोही स्थानका ९ वर्षीय बालक सुलभ शनिबार साँझ करिब ६ बजे राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

त्यसैगरी डुबेर बर्दियामा ७ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु