लुम्बिनीका कुन जिल्लामा कति रोपाई ?

बुटवल । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले प्रदेशभरी अझै १ लाख ३२ हजार ४४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी रहेको जनाएको छ । कुल क्षेत्रको धान रोपाइँ ५९.४ प्रतिशत सकिएको छ । निर्देशनालयका अनुसार प्रदेशभर ३ लाख १३ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । प्रदेशका १२ जिल्लामध्ये रोल्पामा धान खेती हुने शतप्रतिशत जमिनमा रोपाइँ सकिएको छ ।

यसैगरी प्युठानमा धान रोपाइँ हुने खेतमध्ये ९२ प्रतिशत, नवलपरासी (पश्चिम)मा ९० प्रतिशत, रुकुम पूर्वमा ८० प्रतिशत, रुपन्देहीमा ७२ प्रतिशत, पाल्पामा ७१ प्रतिशत, बर्दियामा ७० प्रतिशत, दाङमा ६५ प्रतिशत, गुल्मीमा ५२ प्रतिशत र अर्घाखाँचीमा ५१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

Advertisement

 

यता, कपिलवस्तु र बाँकेमा भने धान रोपाइँको प्रगति सुस्त देखिएको छ । कपिलवस्तुमा हालसम्म जम्मा ३१ प्रतिशतमात्र धान रोपाइँ भएको छ । जिल्लामा ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान रोप्नुपर्ने भए पनि असार २६ गतेसम्म २० हजार ५४२ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी बाँकेमा ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा धान रोप्नुपर्ने लक्ष्य रहेकामा हालसम्म १४ हजार ८६३ हेक्टरमा मात्र रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको ४४ प्रतिशत हो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु