राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन

काठमाडौँ । काठमाडौंस्थित कान्तिपुर टेलिभिजन, अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालयको गेटैमा शंकास्पद रूपमा सवा साधनहरू पार्किङ गरिएको छ । गाडी पार्किङ गरेर व्यक्तिहरू सम्पर्कबिहीन भएको सूचनासँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय, अनलाइनखबरको बुद्धनगरस्थित कार्यालय र हिमालयन टेलिभिजनको पुरानो बानेश्वरस्थित कार्यालयको गेटअगाडि गाडीहरू बेवारिसे अवस्थामा भेटिएका हुन् । ती गाडीहरू कार्यालयभित्र जान(आउन नमिल्ने गरी गेटमै अड्याएर छाडिएको र तिनमा चाबीसमेत नभएको पाइएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी पवन भट्टराईले प्रहरी टोलीले घटनास्थलमा पुगेर ती सवारी साधनहरूको प्राविधिक जाँच र अनुसन्धान गरिरहेको बताए । ती गाडीहरू कसले र किन त्यहाँ छाडेको हो भन्नेबारे सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु