काठमाडौँ —नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने प्रतितोला २ लाख ८८ हजारमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि सोमबार सय रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार ३ सय ७५ तोकिएको छ । आइतबार भने चाँदीको मूल्य ४ हजार ४७५ तोकिएको थियो ।








