काठमाडौँ — सभामुख डीपी अर्यालले सांसदहरूले जनताहरूसँग विमर्श गर्नुपर्ने भन्दै आगामी साउन १४ गते बिहान ११ बजेसम्म १५ दिनका लागि स्थगित प्रतिनिधिसभाको बैठक स्थागित गरेका छन् ।
Advertisement
प्रतिनिधिसभाको बुधबारको बैठकको अन्तिममा सभामुख अर्यालले संक्षिप्त सम्बोधन गर्दै उनले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने आफूलाई विश्वास रहेको बताए । संसद् बैठक नरहेको अवस्थामा सांसदहरू जनतासँग जाने र त्यहाँबाट प्राप्त विषयले संसदमा प्रवेश गरी सरकारको जवाफदेहिता मिल्ने विश्वास रहेको उनको भनाइ छ।
सभामुख अर्यालले संसद्का आगामी बैठकहरूमा कानुन निर्माणको कामले तीव्रता पाउने पनि बताए । सरकारले सरकारले आगामी आर्थिक वर्षलाई कानुन निर्माण तथा सुधार वर्ष घोषणा गरेको उल्लेख गर्दै सभामुखले प्रचलित कानुनको पुनरावलोकन, संशोधन एकीकरण तथा आवश्यक नयाँ निर्माणको यस अभियानमा संसदको महत्त्वपूर्ण भूमिका हुने बताए ।








