संयुक्त सुरक्षा जाँचका क्रममा झन्डै ५६ लाख रुपैयाँसहित २ जना पक्राउ

 

 

Advertisement

नेपालगन्ज। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको संयुक्त सुरक्षा जाँचका क्रममा झन्डै ५६ लाख रुपैयाँसहित त्रिपुरा सुन्दरी नगरपालिका–७ का दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले लागुऔषध ओसारपसार नियन्त्रणका लागि गरिएको आकस्मिक सुरक्षा जाँचका क्रममा ठूलो रकम फेला परेको जनाईन ।

प्रहरीका अनुसार बरामद गरिएको रकमको स्रोत, त्यसको वैधानिकता तथा नियन्त्रणमा रहेका व्यक्तिको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु