७ वर्षीया किशोरी बलात्कार आरोपमा शिक्षक पक्राउ

दाङ । १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा दाङ, तुलसीपुरका शिक्षक डिआर भण्डारी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक अशिम हमालका अनुसार यही घटनामा मंगलबार पक्राउ परेका अर्का व्यक्तिको भने संलग्नता नखुलेपछि छाडिएको थियो ।

Advertisement

पीडित किशोरीले शिक्षक डिआर विरूद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। मंगलबार राति तुलसीपुर उपमहानगरपालिका – ६ स्थित एक होटलमा डिआर मदिराले मातेका बेला उनले जबरजस्ती ढोका बन्द गरी मुख थुनेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

डिआरसँगै गएका अर्का व्यक्ति भने त्यो समय बाहिर गएका स्रोतले बताएको छ। मंगलबार पक्राउ परेर छुटेका उनै व्यक्ति हुन्।

प्रहरीका अनुसार डिआर तुलसीपुरकै एक निजी स्कुलका पूर्वप्रिन्सिपल हुन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु