काठमाडौं । हाल हङकङमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति एव पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनअघि बाथरुममा लडेर दायाँ हात भाँच्चिएको छ ।
देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
Advertisement
पछिल्लो समय हङकङमा बस्दै आएका देउवा बेलाबेला पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका साथ हिँड्दै गरेको भिडियो सार्वजनिक हुने गरेको छ ।
उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । पूर्वसभापति देउवा त्यसअघि १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।








