काठमाडौँ। सिरहाको गोलबजारमा बिहीबार दिउँसो गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएपछि घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहेका छन्।
Advertisement
प्रहरीका अनुसार समितिले घटनास्थलको निरीक्षण, प्रमाण संकलन र सम्बन्धित पक्षसँग सोधपुछ गरी घटनाबारे विस्तृत प्रतिवेदन पेश गर्नेछ।
घटनामा आज करिब २० वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।








