लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

 

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका हिमाली/पहाडी/तराई, मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Advertisement

 

मुख्य बिन्दुहरू
मनसुनी प्रभाव: देशभर मनसुनी वायुको प्रभाव कायम छ।

दिउँसोको मौसम:हिमाली भेगका केही र पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
रातिको मौसम:

हिमाली तथा पहाडी भू-भागका केही र तराईका धेरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु