ट्रकको ठक्करबाट बृद्धको मृत्यु, राजमार्ग अवरुद्ध

 

नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत कावासोतीको फिलिम हल चोकमा ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । घटनापछि अहिले बिहान स्थानीयले महेन्द्रराजमार्ग अबरुद्ध गरेका छन् ।

Advertisement

महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका गाडी कावासोतीमा रोकिएका छन् । ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार नारायणगढवाट बुटवलतर्फ जाँदै गरेको एउटा ट्रकको ठक्करबाट कावासोतीका ७१ वर्षका तुलसी च्वाईको बिहान मृत्यु भएको हो ।घटना: नवलपरासीको कावासोतीस्थित फिलिम हल चोकमा महेन्द्रराजमार्ग पार गर्दै गर्दा ७१ वर्षीय तुलसी च्वाईको ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु।

सडक अवरुद्ध: घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने गाडी नसमातिएसम्म राजमार्ग नखोल्ने अडान लिँदै महेन्द्रराजमार्ग अवरुद्ध पारेका छन्।

यातातयात ठप्प: बाटो बन्द भएपछि पूर्व-पश्चिम हिँडेका गाडीहरू कावासोतीमै रोकिएका छन्।

प्रहरी कारबाही: नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको र सीसीटीभी (CCTV) फुटेजको आधारमा ठक्कर दिने सवारीको खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु